गोपनीयता नीति | Privacy Policy

अन्तिम अपडेट: March 31, 2026

VIPERP मा, हामी हाम्रा प्रयोगकर्ताहरूको डाटाको गोपनीयता र सुरक्षाप्रति पूर्ण प्रतिबद्ध छौँ। यो गोपनीयता नीतिले हामीले कुन प्रकारका डाटाहरू संकलन गर्छौँ, किन गर्छौँ र ती डाटाहरू कसरी प्रयोग गरिन्छ भन्ने कुरा स्पष्ट पार्दछ।

१. हामीले संकलन गर्ने जानकारी (Data We Collect)

हामी विद्यालय, विद्यार्थी, अभिभावक र कर्मचारीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न प्रकारका जानकारीहरू संकलन गर्छौँ:

क. व्यक्तिगत र पहिचान जानकारी (Personal Identification):

  • पूरा नाम र इमेल ठेगाना (Full Name & Email)
  • लिङ्ग र जन्म मिति (Gender & DOB)
  • प्रोफाइल फोटोहरू (Profile Photos)
  • प्रयोगकर्ताको भूमिका (User Role)

ख. यन्त्र अनुमतिहरू (Device Permissions):

हाम्रो एपले केही संवेदनशील अनुमतिहरू प्रयोग गर्दछ:

  • Camera: एपले प्रयोगकर्ताको प्रोफाइल फोटो खिच्न वा कागजातहरू अपलोड गर्न क्यामेराको अनुमति लिन्छ। (The app requests Camera access to allow users to take profile photos or upload necessary school documents.)
  • Storage: ग्यालरीबाट फोटो वा फाइलहरू छनोट गर्न र रिपोर्टहरू डाउनलोड गर्न। (To select photos from the gallery and download academic reports.)
  • Location: विद्यालयको बस ट्र्याकिङ सेवा प्रयोग गर्नका लागि एपले स्थान (Location) अनुमति लिन्छ। (The app requests Location access specifically for the School Bus Tracking feature to show real-time bus positions.)

ग. सम्पर्क र ठेगाना जानकारी:

  • फोन नम्बरहरू
  • स्थायी र हालको ठेगाना
  • गाउँ/नगरपालिका, वडा, जिल्ला र प्रदेश
  • विद्यालयको विवरण (नाम, ठेगाना, फोन, PAN, लोगो र हस्ताक्षर)

ग. पारिवारिक जानकारी:

  • बुबा र आमाको नाम
  • अभिभावकको नाम र सम्पर्क विवरण

घ. शैक्षिक विवरणहरू:

  • कक्षा, सेक्सन र रोल नम्बर
  • हाजिरी रेकर्डहरू (Present, Absent, Late, Holiday)
  • शैक्षिक नतिजा र परीक्षाका अंकहरू
  • गृहकार्य र क्विज डाटा
  • पाठ्यक्रमको प्रगति र शैक्षिक गेमको प्रदर्शन

ङ. आर्थिक र वित्तीय जानकारी:

  • शुल्क संरचना र बाँकी बक्यौता
  • भुक्तानी इतिहास (रसिद, डिस्काउन्ट र जरिवाना)
  • कर्मचारीको तलब विवरण र पेश्की रेकर्ड
  • विद्यालयको खर्च विवरण

च. प्राविधिक र प्रयोग मेटाडाटा:

  • IP ठेगाना र उपकरणको जानकारी (User Agent)
  • प्रणाली भित्र गरिएका गतिविधिहरूको लग (Activity Logs)
  • लगइन समय र भाषा छनोट

२. डाटा संकलनको उद्देश्य (Purpose of Data Collection)

संकलन गरिएको डाटा निम्न उद्देश्यका लागि प्रयोग गरिन्छ:

  • प्रमाणीकरण र सुरक्षा: सुरक्षित खाता बनाउन र अनधिकृत पहुँच रोक्न।
  • शैक्षिक व्यवस्थापन: विद्यार्थीको प्रगति ट्र्याक गर्न र मार्कसिट उत्पादन गर्न।
  • सञ्चालन दक्षता: पुस्तकालय, यातायात र विद्यालयका अन्य दैनिक कार्यहरू व्यवस्थापन गर्न।
  • वित्तीय पारदर्शिता: शुल्क संकलन र कर्मचारीको तलब व्यवस्थापन गर्न।
  • सञ्चार: अभिभावक र विद्यार्थीहरूलाई सूचना र हाजिरी अलर्ट पठाउन।
  • जवाफदेहिता: प्रशासनिक निगरानीका लागि प्रणाली गतिविधिहरूको अडिट ट्रेल राख्न।

३. डाटा सुरक्षा (Data Protection)

  • सबै पासवर्डहरू डाटाबेसमा सुरक्षित रूपमा 'Hash' गरेर राखिन्छ।
  • अनधिकृत पहुँच रोक्नका लागि 'Role-Based Access Control' लागू गरिएको छ।
  • CSRF सुरक्षा र प्रणाली लगहरू मार्फत सम्भावित खतराहरूको अनुगमन गरिन्छ।

४. तेस्रो-पक्षीय साझेदारी (Third-party Sharing)

हामी तपाइँको व्यक्तिगत डाटा कसैलाई बेच्दैनौं। यद्यपि, केही सेवाहरू प्रदान गर्न र एपको कार्यक्षमता कायम राख्न निम्न तेस्रो-पक्षीय प्रदायकहरू प्रयोग गरिन्छ:

  • Google AdMob: एपमा विज्ञापनहरू देखाउनका लागि Google AdMob प्रयोग गरिन्छ। यसले विज्ञापन निजीकरणका लागि केही गैर-संवेदनशील प्राविधिक डाटाहरू प्रयोग गर्न सक्छ।
  • OneSignal: महत्त्वपूर्ण सूचनाहरू (Push Notifications) पठाउनका लागि OneSignal प्रयोग गरिन्छ। यसले यन्त्रको 'Push Token' संकलन गर्दछ।
  • Google Gemini AI: शैक्षिक नोटहरू र क्विजहरू उत्पन्न गर्नका लागि केही शैक्षिक जानकारीहरू साझा गरिन्छ। यसमा प्रयोगकर्ताको नाम वा संवेदनशील आर्थिक विवरणहरू पठाइँदैन।

५. डाटा हटाउने अनुरोध (Data Deletion Request)

प्रयोगकर्ताहरूसँग आफ्नो डाटा स्थायी रूपमा हटाउने अधिकार छ। यदि तपाइँ आफ्नो खाता र सम्बद्ध डाटाहरू हटाउन चाहनुहुन्छ भने, कृपया तपाइँको आधिकारिक विद्यालय प्रशासनलाई सम्पर्क गर्नुहोस् वा हामीलाई [email protected] मा इमेल गर्नुहोस्। अनुरोध प्राप्त भएको ७ कार्यदिन भित्र हामी आवश्यक प्रक्रिया पूरा गर्नेछौं।

६. डाटा राख्ने अवधि (Data Retention)

हामी तपाइँको डाटा तबसम्म मात्र राख्छौं जबसम्म विद्यालयको 'Subscription' सक्रिय रहन्छ। यदि विद्यालयले सेवा बन्द गरेमा, ३० दिनको पूर्व सूचना पश्चात् सम्पूर्ण डाटा सर्भरबाट स्थायी रूपमा हटाइनेछ। विद्यालयले आफ्नो डाटा 'Backup' को रूपमा डाउनलोड गर्ने अधिकार राख्दछ।

६. प्रयोगकर्ताको अधिकार (User Rights)

प्रयोगकर्ताहरूसँग आफ्नो डाटाको सम्बन्धमा निम्न अधिकारहरू छन्:

  • आफ्नो व्यक्तिगत विवरणहरू हेर्न र सच्याउन।
  • कुनै विवरण गलत भएमा विद्यालय प्रशासनलाई जानकारी दिई सच्याउन लगाउन।
  • विद्यालय छोडेको अवस्थामा आफ्नो प्रोफाइल निष्क्रिय पार्न अनुरोध गर्न।

७. बालबालिकाको डाटा सुरक्षा (Children's Privacy)

हाम्रो प्रणाली मुख्यतया विद्यालयका विद्यार्थीहरूको विवरण व्यवस्थापन गर्न प्रयोग गरिन्छ। हामी बालबालिकाको डाटा सुरक्षाप्रति अत्यन्त संवेदनशील छौँ:

  • विद्यार्थीको डाटा केवल सम्बन्धित विद्यालय प्रशासन, शिक्षक र अभिभावकले मात्र हेर्न सक्छन्।
  • कुनै पनि विद्यार्थीको व्यक्तिगत जानकारी सार्वजनिक रूपमा उपलब्ध गराइँदैन।
  • अभिभावकहरूले आफ्नो बच्चाको डाटा कसरी प्रयोग भइरहेको छ भनेर विद्यालय प्रशासन मार्फत सोधपुछ गर्न र आवश्यकता अनुसार सच्याउन सक्नुहुन्छ।

८. सहमति (Consent)

VIPERP प्रयोग गरेर, प्रयोगकर्ताहरूले (वा उनीहरूका अभिभावकहरूले) शैक्षिक र विद्यालय प्रशासनको उद्देश्यका लागि यो नीतिमा वर्णन गरिए अनुसार उनीहरूको डाटा संकलन र प्रशोधन गर्न सहमति प्रदान गर्दछन्।

यस सफ्टवेयरको कुनै पनि सुरक्षा कमजोरी फेला पारेमा कृपया [email protected] मा जानकारी गराउनुहोला।

VIPERP: Virtual Integrated Platform for Educational Resource Planning | 2083-04-05