Virtual Integrated Platform for Educational Resource Planning
"Nebula" (नेबुला) अन्तरिक्षमा ताराहरूको जन्मस्थान हो। हाम्रो लागि, **Nebula Core** यो सम्पूर्ण प्रणालीको मुटु र इन्जिन हो। यसले ८०० भन्दा बढी मोड्युलहरू र ५० भन्दा बढी डाटाबेस टेबलहरूलाई एउटै सुत्रमा बाँधेर एउटा शक्तिशाली "School Operating System" को रूपमा काम गर्छ।
एक शिक्षकको रूपमा कक्षाकोठामा हाजिरी लिँदा, मार्कसिट बनाउँदा र आर्थिक विवरणहरू मिलाउँदा मैले भोगेका झन्झटहरू नै यो सफ्टवेयर जन्मिनुको मुख्य कारण हो। म आफैँ श्री शिवनाथ इङ्लिस बोर्डिङ स्कूलमा अध्यापन गराउने हुनाले, मलाई विद्यालयका वास्तविक आवश्यकताहरू थाहा छ।
मैले यो एआई ओएस (AI OS) को परिकल्पना त्यतिबेला गरेँ जब मलाई महसुस भयो कि प्रविधिले शिक्षकको काम घटाउनुपर्छ, बढाउनु होइन। VIPERP 'टीचरद्वारा, टीचरका लागि' बनाइएको एउटा सपना हो।
Lead Architect
रुपेश महतो एक शिक्षक र सफ्टवेयर इन्जिनियर हुन् जसले शिक्षा क्षेत्रमा प्रविधिको सही प्रयोग हुनुपर्छ भन्ने मान्यता राख्छन्। उनले VIPERP लाई नेपालका विद्यालयहरूको लागि सबैभन्दा सुरक्षित र स्केलेबल 'School OS' को रूपमा डिजाइन गरेका छन्।
VIPERP अब केवल डेस्कटपमा सीमित छैन। हाम्रो एन्ड्रोइड एपले शिक्षक र अभिभावकलाई रीयल-टाइम अपडेट र नोटिफिकेसनहरू सिधै उनीहरूको खल्तीमा उपलब्ध गराउँछ।
"प्रविधिसँग शिक्षा, समृद्धिको दिशा" | आजको मिति: 2083-04-05
VIPERP NEBULA CORE v3.0 | Developed by Rupesh Mahato | Ga. Cha. Na. Pa. 3, Bharatpur, Dhanusha, Nepal